तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कर्णाली । यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका– १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज) लाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् ।

प्रहरी निरीक्षक नवीन थापाले भन्नुभयो, “आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९.३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु अपहरण गरी बेपत्ता पारेका रहेछन् ।

साबिती बयान पछि अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ । निजलाई कर्णाली प्रदेश प्रहरी तथा सुर्खेत जिल्ला प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिएको थियो। रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …