तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले ‘स्टिङ अपरेसन’मा रंगेहात समातिएका पूर्वडीएसपीलाई कसूरदार ठहर गरेको छ । गत १९ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पूर्वडीएसपी रमेशकुमार तामाङलाई सजाय गर्ने विशेष अदालतको निर्णय सदर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गासम्बन्धी उजुरी विषयमा तामाङलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । सोही प्रमाणको आधारमा अख्तियारले विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई र सदस्य महेशप्रसाद पुडासैनीको इजलासले २६ मंसिर २०७३ मा सो घटनामा तामाङले घुस नभई दान दातव्य वा सहयोग लिएको ठहर गरेको थियो । विशेष अदालतले तामाङलाई घुस लिएबापत तीन महिना कैद फैसला गरेको थियो ।

फैसला स्वीकार गरेर डीएसपी तामाङ त्यसविरुद्ध पुनरावेदनका लागि सर्वोच्च अदालत गएनन् । तर, अख्तियारले दान, दातव्य वा उपहार लिएको नभई तामाङले घुस नै लिएको दाबीसहित सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो । २३ फागुन २०७३ मा दर्ता पुनरावेदनको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतकै फैसला सदर गरेको हो ।

भक्तपुर सिरुटारका रामकृष्ण हुमागाईंले २८ असार २०७१ मा कुमारी बैंकबाट मीनभवन क्याम्पसअगाडिको जग्गा लिलाम बढाबढमा किनेका थिए । सोही जग्गामा रहेको घरमा बस्ने गणेशलाल अवालेले रिसको झोंकमा हुमागाईंलाई गालीगलौज गरे । गालीगलौज मात्रै नभई उनको फोटोसहितको पम्प्लेट जग्गावरपर टाँसे ।

त्यसपछि हुमागाईंले गणेशलाल अवालेलगायतलाई कारबाहीका लागि माग गर्दै महानगरी प्रहरी वृत्त, बानेश्वरमा उजुरी दिए । प्रहरीले घटनास्थलमा गई मुचुल्का उठाए पनि मुद्दा चलाएन । कारबाही प्रक्रिया अगाडि नबढेपछि हुमागाईंले प्रहरीसँग सोधपुछ गरे ।

बरु, कारबाही प्रक्रिया अगाडि बढाउन डीएसपी तामाङले हुमागाईंसँग ५० हजार दिएमात्रै मिल्ने बताए । हुमागाईंले घुस मागेको विषयमा अख्तियारमा उजुरी दिएका थिए । जग्गाधनी हुमागाईंको उजुरीका आधारमा अख्तियारले ‘स्टिङ अप्रेसन’ चलाएर तामाङविरुद्ध मुद्दा चलाएको हो ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …