तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मान्म। कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालीकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोडने सडक निर्माण गरिएका हुन् ।

दैलेखबाट निर्माण गरिएका तीनवटा सडक कालीकोट र जुम्लाको सिमाना नाग्मसम्म जोडिने कालीकोट महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताउनुभयो । “दैलेखका तीन ठाउँबाट कालीकोट जोड्ने सडक निर्माण भएका छन् । दैलेखतर्फको सडकखण्ड निर्माण भइसकको छ, अब कालीकोटतर्फको सडकखण्ड निर्माण हुन बाँकी छ”, उहाँले भन्नुभयो, “तीन ठाउँबाट सडक निर्माण भए सुर्खेतबाट कालीकोट र जुम्लाको सडक दूरीमा कमी आउनेछ । बाटो छोटो हुनेछ ।”

सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै कालीकोटको नाग्म पुग्न २०० किलोमिटर र दैलेखका तीन स्थानबाट कालीकोट सडक जोडिएमा ६० किलोमिटर छोटो दूरी हुने काली शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी दिनुभयो । “अहिले यी तीनवटै सडकमा काम चलिरहेको छ । कतिपय स्थानमा ग्राभेल, नाली र कालोपत्रको काम भइरहेको छ । केही ठाउँमा ठूला भिरमा चट्टान फोड्ने काम पनि जारी छ”, उहाँले भन्नुभयो, “कालीकोटमा दैलेखबाट सडक जोडिए छोटो दूरी कायम हुन्छ तर दैलेखमा सडक निर्माणको कामले तीव्रता पाएको भए पनि कालीकोटमा सडक निर्माणको काम सुस्त छ । सङ्घीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राख्न सकेका छैनन् ।”

दैलेखको सदरमुकाम हुँदै कालीकोटको महावै गाउँपालिका जोड्ने सडकको ११ किलोमिटरमा कडा चट्टान भेटिएको तथा कालीकोटको भैँसेगौडादेखि चिल्खाय हुँदै नाग्मसम्म आठ किलोमिटरमा चट्टान रहेको कालीकोट महावै गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो । “यी चट्टान फोड्न सके सडक निर्माणको काम सहज हुनेछ”, उहाँले भन्नुभयो, “यस सडकको कालीकोटको भैँसेगौडाको तिला नदीमा पुल निर्माण भइरहेको छ । पुल निर्माण भए यो सडक सञ्चालनमा आउने छ तर स्तरोन्नतिको काम गर्न जरुरी रहेको छ ।”

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक निर्माण भएमा आर्थिक वृद्धि र रोजगारीमा टेवा पुग्ने कालीकोट शुभकालिकाका अध्यक्ष चौलागार्इंले बताउनुभयो । “अहिले सेरी पान्तडीको सडक निर्माण भइरहेको छ । दैलेखबाट कालीकोट जोडिने सडक यसैमा जोडिने हुन्”, उहाँले भन्नुभयो, “यी सडक निर्माण भए कालीकोटको आर्थिक विकास, रोजगारी, व्यापारलगायतका सम्भावना बढेर जान्छन् ।”

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …