तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभएको छ ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा निर्माण गरिने हेटौँडा उपमहानगरपालिका–१ स्थित रहेको हेटौँडा अस्पतालको नयाँ भवनको शिलान्यास कार्यक्रममा आज उहाँले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि अब प्रदेश सरकारले क्रमशः ५०० शय्या थप गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको रु २३ करोड २७ लाखको लागतमा पाँच तल्लाको २०० शय्याको अस्पताल भवन आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव सञ्जीव बरालले बताउनुभयो ।

सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेशका १३ वटै जिल्ला अस्पतालमा प्रभावकारी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल हातामा बृहत् अक्सिजन प्लान्ट जडान, पीसीआर मेसिन र भेन्टिलेटरहरु उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा अस्पतालको गुणस्तरीय सेवा अभिवृद्धि गर्न भवन निर्माण गर्नुका साथै पक्की पुल, सडक निर्माण, खानेपानी, विद्युतीकरणका लागि स्थानीय निकायबाट आएका मागअनुसार सरकारले क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभयो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …