तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। मौसममा भएको परिवर्तनसँंगै सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित शत्रुध्न अस्पतालमा भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् । विगत पाँच-सात दिनदेखि अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने क्रममा वृद्धि भएको अस्पतालका मेडिकल अधिकृत डा अरविन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

उहाँले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अहिले ६०÷७० प्रतिशत भाइरल ज्वरोका रहेको बताउनुभयो । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा यादबको भनाइ छ । भाइरल ज्वरोको उपचारका लागि अस्पतालमा दैनिक २५÷३० बिरामी आउने गरेको अस्पतालले जनाएको छ । विगत केही दिनयता तराई मधेशमा अत्यधिक गर्मीका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको स्थानीयवासी उमेशकुमार साहले बताउनुभयो ।

अत्यधिक गर्मीका कारण शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले पनि शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकको भनाइ छ । भाइरल ज्वराको प्रकोप बढेको बेला झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन सबैमा आग्रह गरिएको बोदेबर्साइन नगरपालिका स्वास्थ्य शाखाका संयोजक वैद्यनाथ साहले बताउनुभयो ।

यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्र अस्पतालमा पनि उपचारका लागि आउने भाइरल ज्वराका बिरामीको सङ्ख्या बढ्दो छ । एक्सरे मेसिन बन्द, सेवाग्राही मर्कामा सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको एक्सरे मेसिन बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

अस्पतालमा सञ्चालनमा रहेको एक्सरे मेसिन बन्द हुँदा उपचार गराउन आउने बिरामी सास्ती भोग्न वाध्य छन् । बाहिर गएर एक्सरे गराउँदा दोब्बर खर्चिनुपरेको बिरामीको गुनासो छ । केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले परिचित यो अस्पतालमा व्यापक सुधार खाँचो रहेको राजविराजका बिजाय रजकको भनाइ छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीत कुमार झाले प्राविधिक गडबडी र युपिएस बिग्रेका कारण बन्द भएको एक्सरे सेवो एक÷दुई दिनमा पुनःसञ्चालनमा आउन सकिने बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …