देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ८४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ८८६ पिसिआर परीक्षणमा दुई हाजार ६३४ र चार हजार ९२२ एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी जम्मा तीन हजार ८४० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ८८ हजार ३०७ पुगेको छ । एन्टिजेन परीक्षणमा सङ्क्रमित हुनेको सङ्ख्या ५८ हजार ३५० रहेको छ ।
पछिल्लो समय थप एक हजार ९९३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ४९ हजार ७२ पुगेको छ । निको हुने दर ९४ दशमलव ३ रहेको पनि मन्त्रालयले जनाएको छ । हाल नेपालमा २६ हजार ६५२ जना होम आइसोलेशन तथा दुई हजार ७९२ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ६११ जना आइसीयु र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४४४ जना रहेको छ । थप ३३ को मृत्यु हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ भने मृत्यु दर १.५ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकामा ८०० बढी सङ्क्रमित पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६, भक्तपुरमा ९४, कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्ममा १५ लाख तीन हजार ३१२ ले पूर्ण खोप लगाएका छन् भने ३५ लाख ४४ हजार ४३ ले पहिलो मात्रा लागाएका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …