गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास ल्याइँदैछ ।
दुर्घटनामा परी ज्यान गुमाउनेको अझै सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो । दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको उक्त जीप सडकबाट तीन सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …