तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् ।

जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिनुभयो । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन ।

पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेम सम्बन्धका रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रउअधिकारीले जानकारी दिनुभयो ।

असार ९ गते उनीहरुबीच विवाहका बिषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …