तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका १६२ घटना भएको जनाएको छ । इन्सेकले असारको तथ्याङ्क आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाबाट पीडित भएको जनाएको छ ।

इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना पीडित भएका छन् । ती घटनामध्ये पत्नी हत्याका छ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको तीन, बलात्कार प्रयासपछि हत्याको एकसहित २२ जनाको हत्या भएका घटना अभिलेख गरिएको छ ।

यो अवधिमा झडपमा १२ जनासहित १५ जना घाइते भएका छन् । गिरफ्तारीका घटनामा तीन महिलासहित ३० जना, कुटपिटबाट पाँच जना, धम्कीका घटनामा एक जना र यातनाका घटनामा एक जना पीडित भएका छन् । बालअधिकार उल्लङ्घनका घटनामा परी ५३ जना बालिका पीडित भए भने महिला अधिकार उल्लङ्घनका घटनामा ३२ जना पीडित भएको इन्सेकले जनाएको छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …