तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा (पूर्ण खोप) लगाएका छन् ।

यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

हालसम्म झन्डै ५८ लाख मात्रा कोरोना संक्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो । जसअन्तर्गत भारतबाट २४ लाख ४८ हजार मात्रा, चीनबाट १८ लाख मात्रा र अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एन्ड जोनसनको खोप प्राप्त भएको ।

४ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप 

कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।

यस्तै, उक्त खोप पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने भएको छ । एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा ४ साउनदेखि लगाइँदै छ ।

यस्तै, देशभर बिहीबार थप २ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ जना पीसीसार परीक्षण गर्दा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर बिहीबार थप १ हजार ७ सय ५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ४ सय ६३ जना संक्रमितको मृत्यु भएको छ । देशभर २६ हजार ३ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, ६ सय २ जना आईसीयूमा र १ सय ७१ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर २ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …