तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभीयान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार बसेको बैठकले जोन्सन खोप पाउने प्राथमिकता निर्धारण गरेको छ । आज मंगलबारदेखि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप पहिलो मात्रा लगाइने मन्त्रालयले जनाएको छ । भेरोसिल खोप लगाउने प्राथमिकतामा ५५ र त्यसमाथिका उमेर समूहका कोभिड–१९ विरुद्ध खोप लगाउन बाँकी नागरिक छन् । स्वास्थ्य सेवा विभाग महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार विश्वविद्यालयका प्राध्यापक र शिक्षकलाई भेरोसिल खोप लगाउने प्राथमिकतामा राखिएका छन् ।

त्यस्तै, सार्वजनिक यातायातका चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीलाई पनि भेरोसिल खोप लगाउने सरकारको योजना छ । खोप अनिवार्य देशमा जाने नागरिक पनि भेरोसिल खोपको सूचीमा छन् ।

त्यस्तै, ‘जेन्सन एडी २६ सिओभी टुएस’ खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूह कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकलाई राखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पूर्ण र अति अशक्त अपांगता (‘क’ र ‘ख’ वर्ग)का नागरिक, शरणार्थीलाई जोन्सन एण्ड जोनसन खोपको प्राथमिकीकरण सूचीमा राखिएका छन् ।

यसअघिको अभियानमा खोप लगाउन छुट भएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई पनि जोनसन एण्ड जोनसन खोप लगाइने मन्त्रालयले जनाएको छ । सो खोप हिजो सोमबारमात्रै आएकाले ‘कहिलेदेखि लगाउने भन्ने अझै निर्णय भइसकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल कोरोनाविरुद्ध दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकका लागि खोप व्यवस्थापन गर्न सरकार प्रयत्नरत रहेको बताउ“छन् । खोपका लागि अनलाइन दर्ता व्यवस्थासमेत गरिएको छ । सरकारको योजना कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप लगाउने छ । जसअन्तर्गत् हालसम्म १० लाख ७९ हजार १ सय ९२ जनाले पूर्ण खोप लगाएका छन् ।

सरकारले आगामि पुसभित्र आमनागरिकलाई खोप उपलब्ध गराइसक्ने बताएको छ । कोभ्याक्स ङ्खयासिलिटीअन्तर्गत जोनसोन एण्ड जोनसोन खोप र खरीद प्रक्रियामार्फत भेरोसिल खोप ल्याइएको हो ।

यसैबीच, सोमबार देशभर २ हजार ३ सय ७० कोरोना संक्रमित थपिएका छन् । सोमबार ७ हजार ६ सय ८९ पीसीआर र ३ हजार ८ सय ९५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

हालसम्म कुल संक्रमित संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । देशभर सोमबार १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ । राजधानी दैनिकमा खबर छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …