तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रोल्पा । रोल्पाको थवाङमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । सो अक्सिजन प्लान्टको लागत रु १९ लाख ७४ भएपनि राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क उपलब्ध गराएको हो ।

केन्द्रका बायोमेडिकल इञ्जिनीयर उमेर राईले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई सो प्लान्ट हस्तान्तरण गर्नुभयो । विद्युत् आपूर्ति नभएको समयमा पनि स्वचालित रुपमा अक्सिजन सिलिण्डर सञ्चालन हुने गरी कोभिड–१९ आइसोलेशन केन्द्रमा सो मिनी प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष घर्तीमगरले बताउनुभयो । विद्युत् भएको बेला पनि ४७ लिटरका दुई वटा अक्सिजनका सिलिण्डर स्वचालित रहने अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

अक्सिजन प्लान्टको प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको बताइएको छ । मिनी प्लान्ट जडानका लागि केन्द्रले सात प्राविधिक उपलब्ध गराएको थियो । हाल २० शय्या सञ्चालनमा रहेको सो आइसोलेशन केन्द्रका ११ शय्यामा सो अक्सिजन प्रवाह गर्न सकिने गाउँपालिकाले जनाएको छ । 

केन्द्रले यसअघि पाँच लिटर क्षमताका पाँच अक्सिजन कन्सन्ट्रेटर र आठ थान पिपिई सेट सहयोग गरेको थियो । अधिकांश सहयोग सुगम र शहर बजारमा मात्रै केन्द्रित भइरहेको बेला केन्द्रले थवाङलाई रोजेकामा अध्यक्ष घर्तीले खुशी व्यक्त गर्नुभयो ।    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …