तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ। बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।

प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् । 

नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शøयाको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पछिल्ला भेरियन्टमा बालबालिका बढी जोखिममा रहेको बताउनुहुन्छ । उहाँले बालबालिका कोरोनाको उच्च जोखिममा रहेकाले अस्पताललाई २० प्रतिशत शøया बालबालिकाको उपचारका लागि छुट्याउन यसअघि नै निर्देशन दिइसकेको स्पष्ट पार्नुहुन्छ । 

वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी चौधरीले नेपालमा बालबालिकालाई कोरोनाको जोखिम उच्च रहेको जानकारी दिँदै अहिले पनि देशभर दैनिक सयभन्दा बढी बालबालिका सङ्क्रमणमा परेको बताउनुभयो । उहाँले बालबालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन अविभावकको महìवपूर्ण भूमिका रहने भन्दै बाबुआमाले बालबालिकाको स्वास्थ्यबारे ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

डा. चौधरीले पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमणको महामारी बढिरहेको बताउनुभयो । यसभन्दा अघि कोरोनाको पहिलो लहरमा नेपालमा खासै बालबालिकामा कोरोनाको सङ्क्रमण बढी थिएन भन्नुुहुँदै डा. चौधरीले भन्नुभयो, “कोरोनाको दोस्रो लहरमा भने बालबालिका तथा युवा बढी सङ्क्रमणमा पर्ने र जटिलता पनि बढी देखिएको छ ।” कोरोनाको तेस्रो लहरमा बालबालिकामा सङ्क्रमण भयावह हुने भएकाले सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साना–साना बालबालिका आफूले बोलेर के भएको छ भन्नेसमेत बताउन नसक्दा उनीहरूको उपचारमा ढिलाइ हुँदा समस्या हुने उहाँको भनाइ छ । साना बालबालिकाले मास्क प्रयोग गर्न नमान्ने भएकाले उनीहरूलाई अरूबाट हुने सङ्क्रमणबाट जोगाउन कठिन हुने भन्दै अभिभावकले बालबालिका बचाउन ध्यान दिनुपर्ने बताउनुभयो । 

डा. चौधरीले कोरोनाको लक्षण देखिनासाथ बालबालिकालाई अस्पताल पु-याउन सुझाव दिनुभयो । अभिभावक चनाखो हुनुपर्ने भन्दै उहाँले बच्चा अलि ठूलो र बुझ्ने छ भने अभिभावकले कोरोना बारेमा जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले कोरोनाबाट बच्न ठूलो मान्छेमा जस्तै बालबालिकामा पनि मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समय–समयमा साबुनपानीले हात धुन सिकाउने र धुन लगाउनेजस्ता क्रियाकलाप गर्नुपर्ने बताउनुभयो । 

बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले बालबालिकामा सङ्क्रमण बढिरहेको भन्दै तेस्रो चरणको कोरोनामा झनै डरलाग्दो हुने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभयो । बालबालिकाको उपचार र वयस्कको उपचार फरक हुने भन्दै डा. कोइरालाले सरकारले बालबालिकाको कोरोना उपचारका लागि छुट्टै अस्पताल तोकेर उपचारमा सहजता ल्याउनुपर्ने बताउनुभयो । 

कोइरालाले सरकारले सातवटै प्रदेशमा बाल अस्पताल बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै प्रदेशमा बाल अस्पताल हुँदा बालबालिकाको उपचारका लागि सहज हुने बताउनुभयो । सरकारले सातै प्रदेशमा बाल अस्पताल बनाउन पहल गर्नुपर्ने उहाँको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …