तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३ सय १९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ । सरकारका मुख्य सचिव शंकरदास वैरागीले गत सोमबार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन निर्देशन दिएका थिए । सोहीअनुसार अभाव भएका स्थानमा तीव्रतासाथ अक्सिजन पु-याइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयकै निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २४ घण्टामा उपत्यकाभित्रका ९ उद्योगबाट ८ हजार १ सय २३ र बाहिरका १९ अक्सिजन उद्योगबाट ८ हजार १ सय ९८ गरी कुल १६ हजार ३ सय १९ सिलिन्डरमा अक्सिजन भरेर विभिन्न अस्पतालमा वितरण गरेको हो ।

प्रवक्ता शर्माका अनुसार मंगलबारसम्म औद्योगिक तथा अन्य प्रयोजनमा रहेका थप ४ हजार ८ सय ३२ सिलिन्डर संकलन भई सम्बन्धित उद्योगमा फिर्ता पठाइएको छ । स्थानीय प्रशासनले विभिन्न अस्पताललाई ७ हजार ७ सय २६ अक्सिजन सिलिन्डर वितरण गरेको पनि उनले जानकारी दिए ।

यसैगरी, कोभिड संक्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर ३ सय ८२ अस्पताल रहेकामा ४ थप भई ३ सय ८६ सञ्चालनमा छन् । ती अस्पतालमा १७ हजार सामान्य बेड प्रबन्ध गरिएको छ ।

पछिल्ला दिन देशभर सामान्य बेड संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । संक्रमितको विशेष उपचारका लागि २ हजार ५ सय एचडीयू बेड, अघिल्लो दिनको तुलनामा थप ९ सहित १ हजार ९ सय ९९ आईसीयू र ६ सय भेन्टिलेटर प्रबन्ध गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार देशका हरेक स्थानमा अक्सिजन कम हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई समेत आवश्यक पहल गर्न निर्देशन दिइएको छ । कुनै समस्या परेका तत्काल जानकारी केन्द्रमा दिनुपर्ने र केन्द्रले आवश्यक सहजीकरणसहित समस्या समाधान नीति अख्तियार गरेको हो ।

प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका प्रमुख सचिवमार्फत कोभिड नियन्त्रण र उपचारबारे भइरहेका गतिविधि नियमित अनुगमनसमेत गरिरहेको छ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …