तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लहान । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ।

स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द, लाले, धीरेन्द्र, लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी आन्नपात, गरगहना, लत्ताकपडा, नगद, राईस मिललगायतका सम्पूर्ण सरसमान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको लक्ष्मीपुर गाउँपालिका– २ का वडाध्यक्ष धर्मेन्द्र राय दनुवारले जानकारी दिए। लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन्।

यसैबीच आगलागीपीडित परिवारलाई गाउँपालिकाबाट तत्काल राहतस्वरुप प्रतिपरिवार २५ केजी चामल, दुई केजी दाल, दुई किलो नून, एक लिटर खाने तेल, आधाकिलो स्वायविन, दुई वटा साबुन, एक हजार नगद र एक थान त्रिपाल वितरण गरेको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …