तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालगञ्ज। बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बेलुकी ६ बजे भएको सो दुर्घटनामा परी टीपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार घाइतेहरुलाई अस्पताल पुरयाउने र मृतकहरुको सनाखत गर्ने काम भैरहेको छ ।

कोहलपुर चप्पर गौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिव एक किलोमिटर पुर्व जंगलमा उक्त दुर्घटना भएको जनाउँदै डिएसपी खनालले घाइतेहरू मध्ये सात जना गम्भीर १४ जना मध्यम र २० जना सामान्य रहेको बताउनुभयो ।

घाईते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको उहाँले बताउनुभयो । दुर्घटनाको खबर पुगे लगत्तै कोहलपुरबाट गएको प्रहरीले क्रेनको सहयोगले घाइतेहरुको उद्धार गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …