तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

चरिकोट , दोलखा। दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३-०१-२३ च ७५८० नम्बरको गाडी राती १० बजे दुर्घटना भएको थियो।

दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्युु भएको छ।

दुर्घटना परि वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्का गम्भीर घाइते हुनुभएकाे छ। उहाँलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौ लगिएको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिनुभयो ।दुर्घटनामा घाइते हुनेहरुमा विगु ३ बुलुङका ५५ वर्षिय चेत विक्रम खड्का, ६० वर्षीय चन्द्रकुमारी खड्का, १९ वर्षीय लक्ष्मी बढाथोकी, ४० वर्षीय लक्ष्मी बुढाथोकी, २९ वर्षीय सुस्मिता श्रेष्ठ रहेका छन्।

त्यसैगरी विगु ४ लादुकका ४० वर्षीय तुलकुमारी श्रेष्ठ, ५७ वर्षीय प्रितमदेवि कार्की, कविता खड्का, तुलकुमारी श्रेष्ठ, ११ वर्षीय शेर बहादुर श्रेष्ठ, २७ वर्षीय सविना खड्का, तीर्था कुमारी खड्का र कान्छी माया श्रेष्ठ घाइते भएका छन् ।

सिंगटीका १० महिने बालक केदार वली र बिगु गाउँपालिकाकै किशोर खड्का, उर्मिला खड्का र सलोम खड्का दुर्घटनामा घाइते भएको सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दोलखा नम्बर १८ गुल्मका प्रमुख, प्रहरी नायव उपरिक्षक बुद्धिनारायण महर्जनले जानकारी दिनुभयो।

उहाँका अनुसार घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ।

सिन्धुपाल्चोकको तातोपानीमा नुहाउन गएकाहरु घर फर्कने क्रममा गाउँ नजिकै सोमबार राति दुर्घटनामा परेको थियो। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना राती नै घट्नास्थल पुगेका थिए।

सिंगल क्याविन भएको सामान ढुवानी गर्ने गाडीमा यात्रा गरेकाले बढि मानवीय क्षति भएको हुनसक्ने आँकलन गरिएको छ। मृतकहरुको सव राती नै चरिकोट स्थित चरिकोट अस्पतालमा ल्याईएको सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दोलखा नम्बर १८ गुल्मले जनाएको छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …