तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नरेन्द्र कुमार महतो

घटना हो धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको सुन्दा अँखा बाट आसु आउछ । धनुषा निवासी तुरुन्तलाल पुर्बे सरकारी जागीरमा बन रक्षक अर्थात रेन्जरको रुपमा महोत्तरीको बर्दिबास अन्तर्गत बन कार्यलयमा कार्यरत थिए। तुरुन्तलाललाई कसैको आँखा लाग्यो। तत्कालीन समयमा तराईमा ससत्र भुमिगत समुहहरुको आतंक थियो। केहि ब्यक्तीहरु भुमिगत समुह र स्थापित पार्टीको नेता समेत हुने गर्थो। कुरा हो २०६६ साल उनलाई अपहरण गरियो र फिरौती बापत रु २० लाख परिबार सङ्ग मागियो। तुरुन्तलाल पुर्बेको घरमा निराश छायो डर त्रासले उनको परिबार सबैलाई न रातमा निद न दिनमा भोक हुन थाल्यो, नहोस् पनि कसरी , जसको घरमा हर्ताकर्ता भनेको पुर्बे नै थियो।

उनको बच्चाहरु पनि भर्खर ११-१२ बर्षका थिए । त्यतिबेला उनकि श्रीमती आफ्नो श्रीमान खोज्न गाउका भद्र भलादमी नेता देखि प्रशासन सम्म गुहार्न पुगिन। सबैले एउटै अस्वासन दिए चिन्ता नलिनुस आई हाल्छ। ज्युदै छ। तर उनको आत्मा मानेन उनि फेरि समाज र आफ्न्तहरुलाई गुहार्दै श्रीमान खोजदिन आग्रह गरिन तर उनिलाई के थाहा, सबै बैरि बन्दिन्छ्न भन्ने । त्यसपछि उनलाई आफन्तहरु र जोगिपजियारले पैसा खोज्न लगाए र अपहरणकारी संग कुरा गर्ने खोज तलासको नाट्क गरे तर अपहरणकारिलाई उनको घरको सबै कुरा सबै थाहा हुन्थ्यो ।

अपहरणकारि र जोगिपजियारको कुराकानी हुनथाल्यो सोही क्रममा २० लाख फिरौती मागेका उनीहरु ७ लाखमा आइपुगे, फिरौती रकम बुझाउने , समय सम्म अपहरण गरेको २५ दिन भै सकेको थियो र पुर्बे जिउदै पनि थिए जब फिरौती बापतको रकम अपहरणकारिलाई दिइयो त्यतिबेला ठिक उल्टो भयो। , जोगिपजियारको भनाई अनुसार धल्केवर स्थित औरहि खोलामा भेटेर अपहरण कारिलाई फिरौती दिने कुरा भयो। पैसा पनि दियो जोगिको भनाई अनुसार पैसा खोलामा राखिदिए र घर तिर फर्के । त्यतिबेला तुरुन्त लाल पुर्बेको पत्नी निलम पुर्बेको सेटमा फोन आयो र पुर्बे बोल्यो म संग समय छैन छोरा छोरीलाई राम्ररी राख्नु मेरो छोटुलाई ध्यानमा राख्नु भन्न न पाउदै उनको हातबाट फोन खोसेको जस्तो आवाज आयो र फोन काटियो । अन्तत पुर्बे कहिल्यै फर्किएन्न ।

जनमानसमा कुर्बुर कुर्बुर हुन थाल्यो पैसा दिएर पनि किन के भयो होला अपहरण मुक्त गरेनन कसै कसैले त अपहरण कारि र मुक्त गराउने मानिसहरु सङ्लन्ता थियो र अपरहित पुर्बेले सबैलाई राम्रोसँग पहिचान र चिनेसकेको थियो होला पुर्बेलाई छोड्दा पर्दाफास हुने डरले उनलाई अज्ञात बनायो र ज्यान लिए सम्म पनि भने। पुर्बेको श्रीमती झन पागल जस्तो भइन उनि श्रीमान फर्कने आसमा साझ बिहान बर्दिबासबाट आउने सबै गाडि बस स्टेसन हरुमा खोज तलास गर्न थालिन काम गर्ने कार्यलयको अगाडि महिना महिनौ बसे कुरेन, उनि पागल जस्तो बर्बराउदै भन्न थालिन मेरो श्रीमान किन रिसाको । आउन आउ । तिमिलाई छोरो खोजिरहेछ। राति राति छोरो न खाना खान्छ न त सुत्छ । आउन किन रिसाको। बर्सौ सम्म त्यति मात्रै रटेर बसिन दिन रातको पतै चलेन।

पुर्बेको घरबार तहसनहस भयो छोराको पढाइको औचित्य बुझेन उन्कि आमा पछि गाउघरमा चियो चर्चा हुन्थ्यो। उनको श्रीमानलाई मार्दिए जन्तान्त्रीकहरु पैसा पनि लियो तर यो कुरा कहिले मान्न त्यार भएन पुर्बे कि पत्नी ,उनि जिकिर गरिरहन्थिन होईन मेरो श्रीमान आउदैछ। छोरोलाई स्कुल पुर्याउन जान्छ बाबुलाई घुमाउन जान्छ । बोलदा बोल्दै राति हुन्थो घर छोडेर चौरमा बस्थिन घरमा राखेको ल्याल्टिन लिएर दिउँसै श्रीमान खोज निस्किनथिन उनलाई रात के हो? दिन के हो ?कहिले पतो चलेन र उनि अन्नत पागल भैईन, अहिले दिनहु औसधि सेबन गरेपनि निन्द्रा लाग्दैन, छोराले पनि के गरुन् बुवा न हुँदा माया के हो ? थाहा नै भएन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …