तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ ।

अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र दोलखा बैतेश्वर घरभई काठमाडौँको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङलाई प्रहरीले विभागमा बुझाएको महानगरीय प्रहरी परिषद्का प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

जुवातास खेलेर जम्मा गरेको अवैध रकमसहित गाडी आएको खबर पाएपछि प्रहरीले पेप्सीकोलाबाट सानोथिमितर्फ आउँदै गरेको बा। २१ च। ३८३९ नम्बरको कार जाँच गर्दा विनोदले चलाएको कारको डिक्कीमा रु २७ लाख फेला परेको उहाँले जानकारी दिनुभयो । 

अनुसन्धानका क्रममा उक्त रकम सुमनको भएको बताएपछि निजलाई पेप्सीकोलाबाट पक्राउ गरी बालकोटस्थित कोठामा छापा मार्दा थप रु १५ लाख ३० हजार बरामद भएको गरी निजको रु ४२ लाख ३० हजार बरामद् गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो । 

प्रहरीले घिमिरेको नाममा काटिएको रु दुई लाख ५० हजारको राष्ट्रिय वाणिज्य बैंकको चेक एक थान, नौ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक एक थान, रु एक लाख ५० हजारको स्ट्याण्डर्स चार्टर बैंकको चेक एक थान, रु नौ लाख ९९ हजारको नेपाल बैंकको चेक एक थान, रु १५ लाखको महालक्ष्मी विकास बैंकको चेक, मनास्लु डिस्ट्रिलरीको नाममा रु ७२ हजार नगद जम्मा गरेको भौचरसमेत बरामद भएको जनाएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका घिमिरे २०७४ कात्तिक १९ गते र पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाडौँबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा जुवा खेलेको र खेलाएको अभियोगमा मुद्दा दर्ता भएको र २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धबाट बैंकिङ कसुरसमेतमा मुद्दा दर्ता भई पटके रहेको खुल्न आएको गिरीले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …