तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रे।जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ ।कार्यालयले शुरू गरेको अभियानको दोस्रो हप्तासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालतमार्फत कारागार पठाएको छ ।

प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको फरार प्रतिवादी खोजतलास ‘कारवाही’ अन्तर्गत काभ्रेपलाञ्चोकमा अभियानका रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

सर्वोच्च र जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेका छौं, यो अभियान निरन्तर सञ्चालन गर्छौं,’ उनले भने ।

उनका अनुसार विभिन्न मुद्दामा फैसला भई ‘पुनरावेदन’ नहुने मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाएको छ ।

‘तत्तत् निकायले उपलब्ध गराएको लगतका आधारमा सबैलाई पक्राउ गरिएको छ, यसलाई शतप्रतिशत उपलब्धि मानेका छौं,’ खत्रीले भने । उनका अनुसार फागुनयता हालसम्म १२ फरार प्रतिवादी पक्राउ परेका छन् ।गत माघ पहिलो हप्ता काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खत्रीले आफू ‘अपराध नियन्त्रणका लागि खरो उत्रने’ बताए ।

कार्यालयका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बुधवार एकैदिन ६ जना पक्राउ परेका छन् । जसमध्ये ३ वर्षदेखि लागूऔषध मुद्दामा ६ महिना कैदा फैसला भएका फरार बनेपा नगरपालिका–१२ गोठडाँडाका ४३ वर्षीय टीकाबहादुर तामाङ, ५ वर्षअघि केही सार्वजनिक अपराध मुद्दामा जरिवाना असुल फैसला सुनाइएका मण्डनदेउपुर नगरपालिका–६ का ३१ वर्षका महेश राई र २८ वर्षीय राजन राई, ४ वर्षअघि सवारी ज्यान/सरकारी छाप दस्तखत कीर्ते मुद्दामा २ वर्ष ११ महिना कैद फैसला सुनाइएका पनौती नपा–२ का दीपेन्द्र हुमागाईं, ७ वर्षअघि घर भत्काउने मुद्दामा जरिवाना सुनाइएका बनेपा नपा–१४ का ४८ वर्षीय तिलकबहादुर राई र ठगी मुद्दामा जरिवाना फैसला सुनाइएका धुलिखेल नपा–१ का ३९ वर्षीय यादव घोरासैनी छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …