तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुरेश छन्त्याल

बागलुङ । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने निर्णय गरेसंगै बुधबार बागलुङ गलकोटमा २ सय जनालाई खोप लगाईएको छ। खोप लगाउनेमा १ सय ६ जना पुरुष र ९४ जना महिला रहेको गलकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई सम्बन्धित जिल्लाबाटै खोप प्रदान गराएकाले गलकोटमा २ सय जनाले खोप लगाएका हुन् ।

पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका व्यक्तिलाई अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई उपलब्ध गराएको थियो ।

वागलुङमा अग्रभागमा खटिएर काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी पछि पहिलो चरणकै दोस्रो प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो । जिल्लाका विभिन्न स्थानमा कोरोना रोकथाम तथा व्यवस्थापनमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । स्वास्थ्याकर्मी, स्वास्थ्य स्वयंम्सेविका, एम्बुलेन्स तथा शव व्यवस्थापन सवारी चालक गरि १७ सय २९ जनालाई खोप लगाई सकेको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

सदरमुकाम र पश्चिम बुर्तिबाङ बजारका साथै गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाउन सुरु गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सुरु गर्ने तयारी भएको जनाएको छ। फागुन ८ गते सम्म सञ्चालन हुने खोप कार्यक्रममा ४ हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

दोश्रो चरणको खोपअन्तर्गत गलकोट नगर अस्पतालमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई खोप लगाई शुभारम्भ गरिएको थियो । बुधबार गलकोट नगर अस्पतालमा ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका स्वास्थ्य स्वयमसेविका, कर्मचारी, जनप्रतिनिधी, सुरक्षाकर्मि, पत्रकार, वैङ्क तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई खोप लगाईएको हो ।

खोप लगाईसकेपछि सुइ लगाएको ठाउ दुख्ने, सुनिने, रातो हुने, थकाई तथा आलस्य महसुस हुने ज्वरो आउने, टाउको दुख्ने, वाकवाकि लाग्ने समस्या देखिएमा तुरुन्तै सवास्थ्य संस्थामा जानकारी गराउन आग्रह गरिएको छ ।

त्यस्तै मांशपेशि वा जोर्निको दुखाई, वान्ता आउने, फुलुको जस्तो लक्षण देखिने घाटि दुख्ने तथा खोकि लागेमा समेत अस्पतालमा जानकारी गराउन आग्रह गरिएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …