तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान करीब ४ः३५ बजेको समयमा रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना६ख १४६० नंको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै हरिण मरेको हो ।

घटनापछि फरार भएका चालक र ट्रकलाई प्रहरीले भरतपुर महानगरपालिका–१ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाइएको थापाले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …