तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनले देशका विभिन्न १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ।

कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरेर सात प्रदेशका विभिन्न १४ शहरमा डेटा सेन्टर स्थापनाको तयारी भएको जनाएको हो।

डेटा सेन्टर निर्माणका लागि रु तीन अर्बको अनुमान गरिएको वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए। उनका अनुसार उक्त डेटा सेन्टरमा ६ मेगावाटको बिजुली, ५०० भन्दा बढीको र्‍याक राखिनेछ भने दुई वर्षदेखि तीन वर्षभित्र सबै डेटा सेन्टर स्थापना गरिसक्ने योजना छ।

सातै प्रदेशमा एक/एक सेन्टर स्थापना गर्ने लक्ष्यसाथ काठमाडौँमा सबैभन्दा ठूलो र काठमाडौँको विकल्पको रुपमा भरतपुरमा रहनेछ। तीन मेगावाट, ३५० मा र्‍याक काठमाडौँमा राखिनेछ भने भरतपुरमा ५०० किलोवाट र एक सयवटा र्‍याक राखिनेछ। यसैगरी, पोखराको लेखनाथ, बुटबल, हेटौंडा, भक्तपुर, दुहवी, वीरगन्जमा २५० देखि ३५० ऱ्याकका डेटा सेन्टर र ढल्केबार, अत्तरिया, भैरहवा, कोलहपुर, सुर्खेत र काठमाडौँमा साना र्‍याक बन्नेछन्।

कम्पनीले डेटा सेन्टरका लागि काठमाडौँ र चितवनमा जग्गा किनेर डेटा सेन्टर बनाउने काम सुरु भइसकेको जनाएको छ। सरकारले डिजिटल नेपालको अवधारण ल्याएको भन्दै उक्त योजनालाई सफल बनाउन डेटा सेन्टर स्थापना गर्न लागिएको अध्यक्ष अग्रवाल बताउँछन्।

उनले प्रत्येक प्रदेशको डाटा प्रदेशमा नै राख्न डेटा सेन्टर बनाउन आवश्यक रहेको बताए। स्थापनाको २५ वर्ष पूरा गरेको वल्र्डलिङ्कले हाल चार लाख आठ हजार घरधुरीमा इन्टरनेट पुर्‍याइसकेको जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …