तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली काङ्ग्रेस सुचना, संचार तथा प्रचार विभाग अन्तर्गतको नेपाली काङ्ग्रेस युवा प्रचार नेटवर्कले संसदको सडक अधिवेशन आयोजना गरेका छन।

सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसदविघटन विरुद्धमा यतिबेला देशव्यापी रुपमा आन्दोलन भईरहेको छ। आज नेपाली काङ्रेसको सुचना तथा संचार बिभाग अन्तर्गतको कार्यक्रममा नेपालि काङ्रेस युवा प्रचार नेटवर्कद्धारा आयोजित कार्यक्रममा केपि ओलिलाई १६ ओटा प्रश्नहरु सोधिएको छ।

त्यसका साथसाथै युवाहरुले ‘प्रतिगमनलाई भिक्षा’ भनी जनही १ रुपैया जम्मा गरि सरकारलाई योगदान समेत गरेका छन। सरकारको खर्चको प्राथमिकता असंवैधानिक धरातलमा टेकेर चुनाव गराउन हुन्छ, तर जनताको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको कोरोना खोप किन्नमा नपरेको कुरालाई सङ्केत गर्दै युवाहरुले जनही एक-एक रुपैयाँ गरि ५० रुपैया सरकारलाई नेपाली काङ्ग्रेसका युवाहरुले योगदान गरेका छन।

प्रतिगमनलाई सोधिएका १६ प्रश्न!

१.
नेपाली जनताको ७० वर्ष लामो संघर्षले बनाएको संविधान कुल्चेर संसद विघटनको दुष्प्रयास गर्ने तपाई कसरी नेपाली जनताको मान बन्न सक्नु हुन्छ? जनताको मर्म, जनताको सपना, स्वास्थ्य सबै भाडमा राखेर कोरोना कहरका विच सत्ताको जुहारी खेल्नुभयो, कुन नैतिकताका अधिकारलेq तपाईंलाई प्रधानमन्त्री कहलिन मनलाग्छ? तुरुन्तै राजिनामा दिएर, सरकारलाई प्रतिगमनको साया बाट मुक्त गर्नुहोस, नत्र भिषण अविश्वासको मत सामना गर्न तयार हुनुहोस।

२. सुचना प्रविधि बिधेयक तथा मिडिया काउन्सिल बिधेयकको मुडे बलमा नागरिक तथा मिडियाको बोल्न पाउने हक छिन्न खोज्नु भो! तपाईको लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको हक हुदैन?

३. बिशेष सेवा गठन अध्यादेश मार्फत चाहेको मान्छेको फोन ट्याप गर्न पाउने गरि किन कानुन बनाउन लागेको! के व्यक्तिगत गोपनियता नागरिक अधिकार भित्र पर्दैन?

४. कोरोना माहामारिको बिकराल अवस्थामा राजनितिक दल सम्वन्धित अध्यादेश ल्याउने संसद अपहरण गर्ने जस्ता काण्ड मच्चाउनु भो! तपाइँलाइ नागरिकको जिवन प्राथामिक बिषय कि सत्ताको खेल प्राथामिक बिषय?

५. संस्कृतिको रक्षा गर्नु पर्ने ठाउँमा ‘गुठि बिधेयक’ल्याएर परम्परा मास्न खोज्नु भो, तपाई अतिवादी ‘माओ र स्टालिन’भन्दा के फरक?

६. कोरोना माहामारिको बिकराल अवस्थामा राजनितिक दल सम्वन्धित अध्यादेश ल्याउने संसद अपहरण गर्ने जस्ता काण्ड मच्चाउनु भो! तपाइँलाइ नागरिकको जिवन प्राथामिक बिषय कि सत्ताको खेल प्राथामिक बिषय?

७. बिना कुनै सल्लाह र परामर्श, संवैधानिक परिषद् सम्वन्धि अध्यादेश लादेर के नेपाललाइ एक दलिय चिन तथा कम्बोडिया बनाउन लागेको? के प्रतिपक्ष बिनाको लोकतन्त्र नेपाली जनताले दिएको म्याण्डेट हो?

८. आफु धर्मसंकटमा पर्दा वा जिम्मेवारी र जवाफदेहीता बाट भाग्न खोज्दा ,उग्र राष्टवादी बन्नु हुन्छ। तपाईं कस्तो राष्ट्रवादी हो, नक्सा प्रकाशन र पारित गरेर पनि पाठ्य पुस्तकमा छाप्न नसक्ने ?

९. भ्याक्सिनलाई पैसा नहुनेसंग चुनावलाई कहाँ बाट पैसा आयो?देश पार्टीप्यालेस बाट चलाउने हो की संसद बाट ?

१०. अब नेपालमा बिदेशीहरु स्वच्छ सास फेर्न आँउनेछन ,उपत्यकामा कसैले माक्स लाउनु पर्दैन माक्स लाउने सबै सरकारका बिरोधी हुन भन्नु भयो , त्यसैले हो प्रधानमन्त्री ज्यु केही हप्ता अघि नाप्नै नसकिने बिन्दुमा प्रदुर्षण पुगेको हो ?

११. कम्रेड पानी जाहाज र रेलको सपना देखाउनु भयो तर अझै पनी देशको कुनै कुनामा तुईनमा झुण्डेर जनताले नदी तर्दैछन , के तपाँईको समृद्ध नेपाल यही हो ।

१२. गोविन्ध केसी सितका बार्ता पटक पटक तोड्नु भयो , मेडिकल माफीयाहरुले मन परी गरीरहेका छन तर तपाँई भने उनीहरुकै संरक्षणमा लागीपर्ने ?

१३. मिडिया काउन्सिल बिधेयक ल्याएर , राष्ट्रको चौथो अंगलाई प्यारालाइज्ड बनाउन खोज्ने ?

१४. आफु बस्ने बलुवाटार मिचीँदा पनी थाहा नपाउने प्रधानमन्त्री देश बेचीदा राष्ट्रवादको कुरा गरेर हुन्छ ?

१५. भ्रष्टाचारीको मुख पनी हेर्दिन भन्ने अनी भ्रष्टाचारीहरुलाई काखी च्यापेर बस्ने ?

१६. काम नदेख्नेलाइ मोतियाविन्दु लागेको हो भन्नु हुन्छ, तपाइ आफै २ वटा काम भन्न सक्नु हुन्छ?

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …