तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वमन्त्री छविराज पन्तलाई धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ । अध्यक्ष न्यायाधीश शिवराज अधिकारी तथा न्यायाधीश बालेन्द्र रुपाखेती र डा. रवि शर्मा अर्यालको इजलासले पन्तलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले पाँच लाख रुपियाँ धरौटी माग गरेको छ । पन्त आइतबार नगद धरौटी राखेर रिहा हुनुभएको छ । उहाँले आइतबार अदालतमा उपस्थितिका लागि निवेदन दिनुभएको थियो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले धरौटी बुझाएर पन्त आइतबार नै रिहा भएको जानकारी दिनुभयो । उहाँले आजै उपस्थितिका लागि निवेदन दिनुभएको थियो ।

बयान र थुनछेकको कार्य आजै सम्पन्न भएपछि पाँच लाख रुपियाँ धरौटीमा उहाँ रिहा हुनुभएको हो । ललिता निवास प्रकरणमा पन्तसँग अदालतले नौ करोड ६५ लाख ७६ हजार रुपियाँ बिगो दाबी गरेको थियो । पन्तले तत्कालीन भूमिसुधार सचिव रहँदा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको अभियोग लगाइएको छ।

यस्तै अदालतले तत्कालीन भूमिसुधार अधिकारी शङ्करप्रसाद सुुवेदीलाई पनि धरौटीमा रिहा गर्न आदेश गरेको छ । अधिकारीमाथि पनि सरकारी जग्गा व्यक्तिको नाममा दर्ताको भूमिका खेलेको अभियोग लगाइएको छ । सुवेदीसँग पनि अख्तियारले नौ करोड ६५ लाख ७६ हजार रुपियाँ बिगो दाबी गरेको छ ।

ललिता निवास प्रकरणमा पूर्वमन्त्री पन्तसहित १७५ जनाविरुद्ध अख्तियारले माघ २२ गते अदालतमा मुद्दा दायर गरेको थियो । अधिकांश आरोपित धमाधम धरौटीमा रिहा भइरहेका छन् ।

अदालतमा पहिलो आरोपीका रूपमा उपस्थित हुनुभएका कृष्णप्रसाद पौडेललाई भने विशेषले थुनामा राख्ने आदेश गरेको थियो । सर्वोच्चले उक्त आदेश बदर गर्दै पौडेललाई दुई लाख रुपियाँ धरौटीमा रिहाको आदेश गरेको थियो । जग्गा जफतको हकमा मात्र मुद्दा चलाइएकालाई भने अदालतले बोलाएको समयमा उपस्थित हुनेगरी छाडेको छ ।

यसअघि पूर्वमन्त्री डम्बर श्रेष्ठ र पूर्वसचिव दिनेशहरि अधिकारी पनि धरौटीमा रिहा हुनुभएको थियो । अदालतका अनुसार ३० भन्दा बढी प्रतिवादी धरौटीमा रिहा भइसकेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …