तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ – असोज पहिलो सातामा मात्रै तीनवटा ट्याङ्करले पेट्रोलियम पदार्थमा मिसावट गरेको पाइयो । अमलेखगञ्जमा दुईवटा र थानकोट डिपोमा एउटा ट्याङ्करले मिसावट गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । निगमले अति सुरक्षित भनेर लागू गरेको एकल ताला प्रणालीलाई चालकहरूले पटकपटक चुनौती दिइरहेको उदाहरण यी पछिल्ला घटना हुन् ।

इन्डियन आयल कर्पोरेसनको बेरौली टर्मिनलबाट २० हजार लिटर पेट्रोल लिएर असोज १ गते नेपाल आयल निगमको थानकोट डिपोमा आएको टयाङ्करको गुणस्तर जाँच गर्दा मिसावट पाइएपछि टयाङ्कर नियन्त्रणमा लिइएको थियो ।

ढुवानीकर्ता प्रमेशकुमार श्रेष्ठको ना ४ ख ७२५६ नम्बरको ट्याङ्करका चालकलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरिसकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले पनि थप अनुसन्धान गरिरहेको र निगमको विनियमावली बमोजिम ढुवानीकर्तालाई सेवा रोक्नेदेखिका कारबाही गरिने उहाँको भनाइ छ ।

निगमको अमलेखगञ्ज डिपोमा पनि पेट्रोलियम पदार्थमा मिसावट गर्ने चालकलाई बारा प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । रक्सौलबाट पेट्रोल लिएर आएका ट्याङ्कर चालक जितपुर सिमरा उपमहानगरपालिका–२१ का राजेश विश्वकर्मा र हेटौँडा नगरपालिका–११ का सन्तोष खड्का पक्राउ परेका हुन् ।

दुवै जनामाथि कालोबजारी तथा सामाजिक अपराध मुद्दा दर्ता भएको निगमले जनाएको छ । ना ७ ख ३९२३ र ना ७ ख ४०९३ नम्बरको ट्याङ्करमा २ गते गुणस्तर जाँच गर्दा मिसावट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।

प्रवक्ता उपाध्यायले भन्नुभयो “सिङ्गल लकिङ सिस्टम आफैँमा भरपर्दो हो तर बदमास गर्नेहरूले त जसरी पनि गर्दा रहेछन् । ” उहाँका अनुसार मिसावटका घटनामा निकै कमी त आएकै छ तर निमिट्यान्न भने हुन सकेको छैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …