तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाका १७ वर्षीय मोहम्मद अन्साद मियाँलाई पक्राउ गरेको छ।

फरार भएका आरोपितलाई नौ महिनापछि सिरहाको धनगढीमाई नगरपालिका–२ धनगढास्थित मामाघरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ। 

मामाघरमा लुकेर बसेको गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षकको टोलीले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।  

विवाहको प्रलोभन दिई आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालयमा २०७६ पुस १२ गते उजुरी दिएका थिए। 

घटनापश्चात गाउँघरमै छलफल गरी मिलाउने प्रयास असफल भएपछि ढिलो गरी उजुरी आएकाले तत्काल पक्राउ गर्न नसकिए पनि नौ महिनामा फरार रहेका आरोपितलाई पक्राउ गरिएको प्रहरी निरीक्षक केशरीले बताए।

आरोपितले भने विवाह गर्न नमान्दा झुठा उजुरी लगाएको बताएका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …