तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

उदयपुर भदौ २७ गते । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा शनिवार बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ ।

सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीय ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । 

खुकुरी प्रहारबाट सख्त घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । 

महिलालाई खुकुरी प्रहार गरेर जंगलतिर फरार भएका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान शुरू गरेको जिप्रकाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …