धनगढी-जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो । युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपसम्शेर जवराले बताए ।
मृतकका आफन्तले भने प्रहरीको कुटपिटबाट बिकको मृत्यु भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै बिकले आत्महत्या गरेकोसम्बन्धी समाचार दिनेश एफएमले प्रसारण गरिएको थियो ।
युवकले आत्महत्या गरेकोसम्बन्धी समाचार प्रसारण गरेको भन्दै एफएमका सह–सम्पादक जनक विष्टमाथि कार्यालयमा पुगेको एक आक्रोशित समूहले आक्रमण गरेको छ ।
समाचार प्रसारणको विषयलाई लिएर सञ्चारकर्मीमाथि भएको आक्रमण घटनाको नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध सङघ तथा सङ्गठनले विरोध जनाउँदै आक्रमणकारीमाथि कारवाही गर्न माग गरेका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …