तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका–४ कुँडुलेका चन्द्रकान्त पौडेललाई पक्राउ गरेको छ।

एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पौडेलमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले बताए। यसअघि पत्रकार त्रयले विद्युतीय अपराधमा समेत पौडेलविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएका छन्।

पौडेल सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत मानहानि र पेशागत चरित्रमा आँच आउने गरी गालीगलौजमा उत्रेकाले मुद्दा दिनु परेको पत्रकार राजभण्डारीले बताए। पौडेलले केही दिनयता पत्रकार, प्रशासक, दलका नेता लगायतलाई लक्षित गरी अमर्यादित ढङ्गले लेखिएका पोष्ट/भिडियो फेसबुकमा राख्दै आएकाे बताइएकाे छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …