तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ ।

नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताए ।

आजभन्दा ५० वर्ष अघिसम्म जैविक कृषि प्रणाली थियो, त्यसलाई बिर्सिएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्याएर उब्जनी गर्दा ती अनाजका माध्यमबाट धेरै नसर्ने रोग फैलिएका छन्, दूध धेरै निकाल्न गाई, भैँसीमा लगाइने हार्मोन र एन्टियोबायोटिक जस्ता सुईले समेत मन्द विषको काम गरेका छन् उनले भने ।

जैविक कृषिसँगै योग, प्राकृतिक चिकित्सा पद्धतिका उपचार शैली बिर्सँदा समेत आधुनिक पद्धतिका औषधिका माध्यमबाट आएको ‘साइड इफेक्ट’ ले समेत रोग भित्र्याएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ योग तथा प्राकृतिक चिकित्सा विभागका प्रमुख रहनुभएका पोखरेलको भनाइ छ । आधुनिक चिकित्सा पद्धति शल्यक्रिया र आकस्मिक रोगका लागि फलदायी भएको उल्लेख गर्दै उनले अन्य स्वास्थ्य समस्यामा आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धति राम्रो रहेको अनुभव सुनाए ।

जुनसुकै उपचार पद्धतिका राम्रा कुरा ग्रहण गरी नराम्रा कुरालाई त्यागिदियौँ भने हामी आरोग्यता प्राप्त गर्न सक्छौँ, कुनै पनि पद्धतिको अन्ध समर्थन गर्नुपर्दैन, सबै रोगको उपचार जडिबुटीमै भएकाले त्यसलाई चिन्नुपर्छ पोखरेलले भने ।

मानिसको सुत्ने, उठ्ने समयलगायत जीवन शैलीले पनि विभिन्न प्रकारका रोग आउने गरेकाले सचेत हुन उनले आह्वान गरे । इन्टरनेटलाई दुरुपयोग गरेर घण्टौँ झुम्मिँदासमेत मानिस अनेक रोगका शिकार बनिरहेकाले सन्तुलित जीवन शैली रहेको परम्परागत पद्धतिको पुनःस्थापना गर्न पोखरेलले ध्यानाकर्षण गराए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …