तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति ३ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्बरको कार नियन्त्रित भई उत्तर साइडमा पल्टिँदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कार पल्टिँदा उक्त कारमा सवार ४ जना घाइते भएका थिए । उनीहरुलाई उपचारकोलागि भैरहवाको भीम अस्पताल ल्याइएको थियो । घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने ३ जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ ।

मृत्यु भएकामध्ये चालक ओमसतिया गाउँपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरी रहेका छन् भने अन्य २ जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रुपन्देही सिद्धार्थ नगरपालिका ४ का ३४ वर्षीय अनिल यादवको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …