तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भोजपुरको आमचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

आमचोक–३ को हागातुङ सडकखण्डमा बयाङबाट बालाङ्खातर्फ जाँदै गरेको १–०२–००३ त ५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २८ वर्षीय चालक दीपक कुँवरको आइतबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

घाइते हुनेमा १४ वर्षीय नवहाङ राई, १६ वर्षीय विकास कुँवर र १८ वर्षीय सहचालक नकुल राई रहेका छन्।

उनीहरुको धरान स्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरेको थियो।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …