सुनसरीको बराहा क्षेत्र नगरपालिका–१ कोशीगढमा डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई घाइते जना भएका छन्।
मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ।
दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
बराह क्षेत्रबाट उदयपुर हुँदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए। मृतक राईको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …