तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेवर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो ।

२६ गते मृत्यु हुने पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो । त्यस्तै गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का अर्का ४५ वर्षीय १ संक्रमित पुरुषको असार २५ गते मृत्यु भएको थियो । क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्नाका २२ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

यो सँगै नेपालमा मृतकको संख्या ३८ पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …