तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा: गल्याङमा एक पुरुषको शव फेला परेको छ । खोलाको किनारमा अन्दाजी ५५/६० वर्षका देखिने उनको परिचय हालसम्म खुल्न नसकेको  प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

गल्याङ् नगरपालिका–४ स्थित आँधीखोला किनारमा शुक्रबार साँझ एक पुरुष शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा दुई/तीन दिनअघिको जस्तो देखिने र शवलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी प्रवक्तासमेत रहेका अधिकारीले बताए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । बाढी, पहिरो र भेलसहितको उर्लेको आँधीखोलाले बगाउदै ल्याएर खोला किनारमा शव हुत्ताएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …