तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौंमा २८ सहित ११८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ४२ सहित मुलुकभर २४ घन्टामा ११८ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।नेपालमा शुक्रबारसम्म १६ हजार ६४९ जना कोरोनाबाट संक्रमित भएका छन् ।

प्रवक्ता गौतका अनुसार सोही अवधिमा १२० जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ । 

संक्रमित हुनेमा काठाडमौंका २८, सुर्खेतका ११, गुल्मीका ६, इलामका २, पाँचथरका २, सिरहाका २, धनुषाका ४, महोत्तरीका ४, रसुवाका १, डोटीका १, चितवनका १, बाँकेका १, भक्तपुरका १, काभ्रेपलान्चोकका २, ललितपुरका ३, रामेछापका १, रौटहटका १, सिन्धुलीका १, सिन्धुपाल्चोकका १ ,पाल्पाका ४, रुपन्देहीका १ जना ,मकवापुरका १ ,धादिङका १, कैलालीका १, बाग्लुङका २, तनहुँका ८, गोरखाका १, नवलपरासीका २ , बाजुराका १, दैलेखका २, डोल्पाका १ र सल्यानका १ जना रहेका छन् ।

२४ घन्टामा थप १२० जनाकोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म निको हुनेको संख्या ८ हजार ११ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ७५ हजार ९५१ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ४ हजार ८०६ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ९१० जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ६०३ जना रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …