तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जामा ३६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसंगै कोरोना जितेर घर फर्कनेको संख्या ९९ पुगेको छ।

पछिल्लो समय मंगलबार साँझ १० जना र बुधबार साँझ २६ जनाको पीसीआर रिपोर्ट नेटेटिभ आएको प्रादेशिक कार्यालय स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए।

कोरोना जितेर घर फर्कनेमा गल्याङका १४, लीगण्डकीका ६ र चापाकोटका ६ रहेका छन्। गल्याङ नगर अस्पतालको आइसोलेसनमा रहेका उनीहरु बिहीबार घर फर्केका छन्।

यसैगरी, मंगलबार वालिङ, आँधीखोला, चापाकोट र कालीगण्डकीका गरेर १० जनाको पीसीआर परीक्षण नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

जिल्लामा अहिलेसम्म कोरोना सक्रमितको संख्या १ सय ८८ पुगेको छ। ती मध्ये २ जनाको निधन भएको छ भने ९९ घर फर्केर बाँकी संक्रमित विभिन्न आइसोलेसनमा छन्।

संक्रमित मध्ये भीरकोटस्थित कालिका सामुदायिक अस्पतालमा ५१ जना, गल्याङ् नगर अस्पतालमा १२, वालिङस्थित कुँवर समाज हलमा १९, पुतलीबजार स्थित करेन्डाँडा स्वास्थ्य चौकीमा १, पोखरामा २, नवलपरासीमा १ जना आइसोलसनमा रहेका हुन्।

हालसम्म जिल्लामा २ हजार ३ सय ७१ जनाको पीसीआर टेष्ट गरिएकोमा ६ जना महिला सहित एक सय ८२ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …