तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा १०८ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोही अवधिमा १३९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

संक्रमित हुनेमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी पूर्वका १, मकवानपुरका १, बागलुङका ३, सिन्धुपाल्चोकका १, तनहुँका २, म्याग्दीका २, गोरखाका २, कास्कीका ४ , लमजुङका ५ , बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जना रहेका छन् ।

२४ घन्टामा थप १३९ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट २ लाख ७१ हजार १४५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ५ सय ८८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ४२५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ६०५ जना छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …