तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कृषि अनुदान भ्रष्टाचार भएको खुलासा भएको छ। चैते धान विशेष सहयोग (प्रोत्साहन) कार्यक्रमको अनुदान रकम किसानलाई वितरण नगरी मृत व्यक्तिको नाम, काल्पनिक नाम राखी किर्ते भरपाई पेश गरी रकम हिनामिना गरेको पाइएको छ।

कृषि ज्ञान केन्द्र, झापाका तत्कालीन बाली संरक्षण अधिकृत (छैठौं) खिरबहादुर श्रेष्ठ र कन्काई नहर जल उपभोक्ता संस्था शिवसताक्षी ५ झापाका सचिव नेत्रपती पोखरेल अनुदानको रकम दुरुपयोग गर्ने कार्य संलग्न रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट देखिएको छ।

पोखरेलले लाभग्राहीहरुलाई रकम वितरण नै नगरेको अवस्थामा झुठ्ठा बिल भरपाई तयार गरी कृषि ज्ञान केन्द्र, झापामा पेश गरेको थिए।

तत्कालीन बाली संरक्षण अधिकृत श्रेष्ठले लाभग्राहीको तीनपुस्ते विवरण, नागरिकता र चैते धान खेती गरिएको जग्गा सम्बन्धी विवरण एकिन नगरी झुठ्ठा भरपाइको आधारमा कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिरफारिस गरेको पाइएको अख्तियारले जनाएको छ।

कृषि ज्ञान केन्द्रले २० लाख ३१ हजार रकम भुक्तानी गरेको देखिएको छ जसमा १८ जना लाभग्राहीलाई भुक्तानी गरेकोमा ५९ हजार ६३९ कम दिएको पाइएको छ।

५० जनाको झुठ्ठा विवरण उल्लेख गरी लाभग्राहीको काल्पनिक नाम राखी खाइमासेको ३ लाख २५ हजार २० रुपैयाँ दिएको अख्तियारको अनुसन्धानमा देखिएका छ। अनुदान रकम हिनामिना गर्ने कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत श्रेष्ठ, कन्काई नहर जल उपभोक्ता संस्थाका सचिव पोखरेलले भ्रष्टाचार निवारण ऐन सजायको माग दाबी गरिएको छ।

उनीहरुविरुद्ध ३ लाख ८४ हजार ६५९ विगो कायम गरी हानिनोक्सानीको बिगो असुलको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

त्यस्तै यमुनामाई गाउँपालिका-३, रौतहटका वडासदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद)विरुद्ध घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर विशेष अदालतमा बुधबार नै दायर गरिएको अख्तियारले जनाएको छ।

इलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक राम बालकविरुद्ध घुस मुद्दा दायर भएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …