तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार चार जना उडानकर्मीमा संक्रमण पुष्टि भएको हो ।

निगमको संचालक समितिका एक सदस्यका अनुसार, एक जना वाइडबडीका कोपाइलट, दुई जना एयरहोस्टेस र एक जना फ्लाइट–डिस्प्याचर छन् । यी चारसहित निगमका कोरोनाबाट संक्रमित हुनेको संख्या १३ पुगेको छ । यसअघि सोमबार र मंगलबार गरी नौं जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसैबीच निगमले बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालबाट संक्रमितहरुलाई हेम्स अस्पतालमा सारेको छ । निगमको संचालक समितिका एक सदस्यका अनुसार, बलम्बुमा मंगलबारमात्रै सारिएका संक्रमितहरुले सेवा तथा सुविधामा गुनासो गरेपछि निगमले निजी अस्पतालमा सार्ने निर्णय गरेको हो ।

असार २८ सम्म उद्धार उडान तालिका भएको निगमले त्यसपछिका उडान स्थगन गर्ने निणर्य गरेको छ । उडानकर्मीमा संक्रमण बढ्दै जान थालेपछी निगमले थप उडान नगर्ने जनाएको छ । निगमले हाल आफ्ना चारवटा जेट विमानलाई नेपालीहरुको उद्धार उडानमा लगाएको छ । यी विमानका लागि ५४ जना स्वदेशी तथा विदेशी पाइलट र सय हाराहारी क्याबिनक्रू छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …