तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कमसल खालका मास्क, स्यानिटाइजर र मेडिकल सामग्रीको तस्करीका कारण मानिसहरुको स्वास्थ्य अवस्था जोखिममा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । कोरोना महामारीका बीच संगठित आपराधिक गिरोहहरु यस्ता सामग्रीको माग र आपूर्तिबीचमा रहेको अन्तरमा खेलिरहेको संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय(यूएनओडीसी)ले जनाएको छ ।

कोरोनाविरुद्धको खोप तयार भएलगत्त उक्त गिरोह त्यसैको तस्करीमा सक्रिय हुने खतरा रहेको पनि यूएनओडीसीले चेतावनी दिएको छ । साथै यसबीचमा भ्रष्टाचार, ठगी तथा महत्वपूर्ण तथा संवेदनशील संरचनामा साइबर आक्रमण हुनसक्ने भन्दै यूएनओडीसीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘कोभिड–१९ को महामारीलाई तस्करहरुले पैसा कमाउने अवसरका रुपमा लिएका कारण जनस्वास्थ्य र मानिसकै जीवनमा यसले ठूलो चुनौती थपेको छ,’ यूएनओडीसीकी कार्यकारी निर्देशक घादा वालीले विज्ञप्तिमा भनेकी छिन् । संक्रमणकालीन अवस्था र राज्यहरुको फितलो अनुगमनका कारण आपराधिक समूहहरु मेडिकल सामग्रीको तस्करी र गुणस्तरहीन सामग्रीको ओसारपसारमा सक्रिय भएको पनि उनले बताइन् ।

इन्टरपोलको समन्यवमा भएको अपरेसनमा विश्वभरबाट १२१ जनाभन्दालाई गुणस्तरहीन मास्क र मेडिकल सामग्री तस्करी गरेको आरोपमा पक्राउ गरिएको एएफपीले जनाएको छ । त्यसमा करिब एक अर्ब ६७ करोड रुपैयाँ बराबरको औषधिजन्य सामग्री रहेको एउटा रिपोर्टले उल्लेख गरेको छ । सन् २०१८ को यही अवधिमा भन्दा यस वर्ष १८ प्रतिशतले औषधिजन्य सामग्रीको तस्करी बढेको इन्टरपोलले उल्लेख गरेको छ ।

यूएनओडीसीले अन्तर्राष्ट्रिय सहकार्य तथा कानुनी कारबाहीमा कडाइ गरेर कोरोना महामारीका बीचमा भइरहेको गुणस्तरहीन औषधिजन्य सामग्रीको तस्करीलाई रोक्नुपर्ने बताएको छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …