तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मालपोत कार्यालय डिल्लीबजारका निवर्तमान प्रमुख गोविन्द अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।अख्तियारले मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारीलाई ८ लाख ५० हजार रुपैयाँ घुससहित असार २ गते नियन्त्रणमा लिएको थियो ।

सोही प्रकरणमा तत्कालीन मालपोत प्रमुख अधिकारीको पनि संलग्नता रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।उक्त प्रकरणपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपसचिव अधिकारीलाई विभागमा तानेको थियो ।

अधिकारीका सम्बन्धमा मन्त्रालयले आन्तरिक रूपमा समेत छानबिन अघि बढाएको थियो ।लकडाउनका कारण लामो समय बन्द रहेको मालपोत खुलेको भोलिपल्टै ६ जना कर्मचारी घुससहित पक्राउ परेका थिए । पक्राउ परेका कर्मचारीहरूले तत्कालीन प्रमुख अधिकारीलाई पनि पोलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतको दाबी छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …