तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

आइसोलेसनमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका–७ पर्साहीका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख राहत दिने भएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

‘घटनाको छानबिनका लागि सरकारले एक समिति गठन गरिसकेको छ । तत्काल मृतक परिवारलाई राहतस्वरूप पाँच लाख सहयोग गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राजुको परिवारलाई सहयोग गर्न काठमाडौंका केही युवा पनि अगाडि सरेका छन् । सञ्चारकर्मी सन्नी महत, अनि करमा र विनोद गौतमले संयुक्त रूपमा ४० हजार सहयोग गरेका छन् । राजुको परिवारको दयनीय अवस्थाबारे नयाँ पत्रिकामा समाचार पढेपछि उनीहरूले सहयोग रकम पठाएका हुन् । उनीहरूले गरिब, विपन्न तथा समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् ।

१४ जेठमा भारतको चेन्नईबाट फर्किएका १६ वर्षीय राजुलाई गाउँकै क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ राखिएको १० दिनपछि स्वाब संकलन गरेर १४ दिनपछि रिपोर्ट आएको थियो । रिपोर्ट नगेटिभ आएको थियो तर उपेक्षाले उनको मृत्यु भयो नया पत्रिकामा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …