तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं- बिहीबार साँझसम्म रसुवाबाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर ४३४ थप कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ। जसमध्ये २ हजार ६ सय ५० जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म २६ संक्रमितको मृत्यु भएको छ।

रसुवा जिल्ला बाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर १६ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। बुधबार झापा र सप्तरी यसको सूचीमा थपिएका छन्।

सबैभन्दा धेरै रौतहटमा १ हजार २ सय ३ संक्रमित छन्। दैलेखमा ७५३, कपिलवस्तुमा ७०६, सर्लाहीमा ६३७, महोत्तरीमा ५५१, कैलालीमा ४७९, दाङमा ३९१, बाँकेमा ३५३, सुर्खेतमा ३४६, धनुषामा ३१७, रुपन्देहीमा २७५, अर्घाखाँचीमा २५१, गुल्मीमा २४१, झापामा २११, डडेल्धुरामा २०४ र सप्तरीमा २०१ जना संक्रमित भेटिएका छन्।

देशभर २३ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३७ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

कुन जिल्लामा कति संक्रमित भेटिए ?

२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १२०३
दैलेख – ७५३
कपिलवस्तु – ७०६
सर्लाही – ६३७
महोत्तरी – ५५१
सुर्खेत – ३४६
दाङ – ३९१
धनुषा – ३१७
रुपन्देही – २७५
बाँके – ३५३
कैलाली – ४७९
अर्घाखाँची – २५१
गुल्मी – २४१
डडेल्धुरा – २०४
झापा – २११
सप्तरी – २०१

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
सल्यान – १७५
पर्सा – १५८
बर्दिया – १५४
बैतडी – १५८
मोरङ – १३२
बारा – १०८
नवलपरासी पूर्व – १८०
कञ्चनपुर – १९८
धादिङ – १३९
सिरहा – १६२
स्याङजा – १४९
बागलुङ – १४०
अछाम – ९३
बाजुरा – ९८
प्युठान – १८४
सुनसरी – ६८
पाल्पा – २४६
डोटी – १९६
नवलपरासी पश्चिम – ८१
तनहुँ – ९२
उदयपुर – ५५
गोरखा – ८४
पर्वत – ६८

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
चितवन – ४९
कालिकोट – ४४
जुम्ला – २६
सिन्धुपाल्चोक – २८
रामेछाप – २६
बझाङ – ४४
कास्की – ३३
मकवानपुर – १४
दार्चुला – १२
नुवाकोट – १३
काठमाडौं – ४२
जाजरकोट – १०

सिन्धुली – ८
धनकुटा – ८
भक्तपुर – १७
भोजपुर – ६
ललितपुर – ६
म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २

इलाम – २
हुम्ला – २
मुगु – १
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – ११
रोल्पा – ४४
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …