इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले प्रहरी निरीक्षक रामबालक यादव रायलाई घुस रकमसहित शनिबार पक्राउ गरेको हो ।
राय इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख हुन् । उनलाई भीमफेदी– ६ मा रहेको सगरमाथा होटेलबाट ठेकेदार दुर्गा लामासँग घुस रकम लिँदै गरेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी निरीक्षक रायले घुस रकम लिने गरेको उजुरी कार्यालयमा परेपछि छड्के गर्दा उनी रंगेहात पक्राउ परेको प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाले जानकारी दिए । रायलाई नगद १२ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको डिआइजी लामाले बताए । रंगेहात पक्राउ परेपछि रायलाई निलम्बन गरिएको छ । लामाले भने उनीमाथि कारबाहीसँगै कानुनी प्रक्रिया अघि बढाइनेछ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …