तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पिसिआर मेसिनसहितको स्वास्थ्यकर्मीको टोली दैलेखमा पुगेको छ । संक्रमित निरन्तर बढ्दै गएपछि कोरोना परीक्षण गर्ने मेसिनसहितको स्वास्थ्यकर्मीको टोली दैलेख आएको हो ।

सांसद रविन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट गएको स्वास्थ्यकर्मीको टोली शुक्रबार दैलेख आइपुगेको छ । शर्माले निर्वाचित क्षेत्र विकास कोषअन्तर्गत बचेको एक करोड रकम मेसिन खरिद गर्न दिएका थिए । नारायण नगरपालिकामार्फत मेसिन खरिद गरिएको हो । मेसिनसँगै एक हजार थान भिटिएम (स्वाब राख्ने भाँडो) पनि ल्याइएको छ ।

स्वास्थ्यकर्मीको टोलीमा दैलेखमै जन्मिएका डा. रविन खड्कासहित आठजना छन् । टोलीमा ल्याब टेक्निसियन प्रमुखसहितका व्यक्तिहरू छन् । पिसिआर मेसिनको प्राविधिक एवं व्यवस्थापकीय जिम्मेवारी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिए । मेसिनबाट दैनिक तीन सयजनाको कोरोना परीक्षण हुनेछ । केही दिनभित्रै अर्को मेसिन पनि थपेर दैनिक तीन हजारजनाको कोरोना परीक्षण गर्ने सांसद शर्माको भनाइ छ ।

कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले तीन दिनभित्र मेसिन सञ्चालन र अस्पताल उद्घाटन हुने बताए । मेसिन जडान गर्ने भवन निर्माण अन्तिम तयारीमा छ । २–३ दिनभित्रै भवन निर्माण सम्पन्न हुने र थप एक दिनमा मेसिन जडान गरिसक्ने डा. रविन खड्काले जानकारी दिए । ‘म आफैँ मेसिन लिएर आएको छु, मेसिन जडान गरेर पिसिआर जाँचपश्चात् मात्रै काठमाडौं फर्कन्छु,’ डा. खड्काले भने ।

यसअघि दैलेखबाट स्वाब संकलन गरी सुर्खेत र जुम्ला पठाउनुपर्ने बाध्यता थिए । रिपाेर्ट आउन २० दिनसम्म कुर्नुपर्ने बाध्यता छ । नयाँ पत्रिकामा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …