काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चौथोपटक थपिएको अवधि बिहीबार सकिएको छ । म्याद सकिएपछि विमानस्थल विस्तार आयोजनाले म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ ।
चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ हुँदा चौथोपटक थपिएको अवधिमा पनि विमानस्थल पूरा हुन नसकेको हो ।चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले २०२० डिसेम्बर ३१ सम्मका लागि निर्माणको समयावधि पाएको थियो । तर निर्माण सम्पन्न नहुने देखेपछि अघिल्लो साता नै म्याद थपका लागि आयोजनालाई निवेदन दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो।
चौथोपटकको म्याद सकिए पनि निर्माणस्थलको काम भने निरन्तर अगाडि बढेको छ । “कहिलेसम्म म्याद थप हुन्छ, अहिले नै भन्न सकिन्न । कागजी प्रक्रिया पूरा गरेपछि अब थपिएको अवधिमा सक्नेगरी म्याद थपको तयारी भइरहेको छ,” आयोजना प्रमुख अधिकारीले भन्नुभयो।
विमानस्थलको आईसीपी १ को शिलान्यास २०१५ जनवरीमा भएको थियो । २०१८ जुन ८ मा सक्नेगरी सम्झौता भए पनि विभिन्न कारणले आयोजनाको म्याद थपिँदै गएको छ । विमानस्थलको हालसम्मको भौतिक प्रगति ९३ प्रतिशतभन्दा बढी भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो “अहिले ९५ प्रतिशत उपकरण फिल्डमा आइसकेका छन्, म्याद सकिए पनि काम रोकिएको छैनध्र” आईसीपी १ को भौतिक निर्माणको सबै काम सकिएको छ । उपकरण जडानका लागि विदेशबाट प्राविधिकहरू ल्याउनुपर्दा काममा ढिलाइ हुन पुगेको आयोजनाले जनाएको छ।
सबै उपकरण आइसके पनि फर्ड लाइट, एक्स–रे मेसिन, कन्भियर बेल्ट, धावनमार्गका लाइट, भीएमआर–डीएमई सञ्चार उपकरण, एयर ट्राफिक कन्ट्रोल तथा मौसम पूर्वानुमान व्यवस्थापनका लागि आवश्यक उपकरण जडानका लागि चिनियाँ, अमेरिका, अस्ट्रिया र थाइल्यान्डका प्राविधिक आउनुपर्ने छ । आयोजना प्रमुख अधिकारीका अनुसार प्राविधिक जनशक्ति आएको दुईदेखि तीन महिनामा विमानस्थलको सबै काम पूरा हुन्छ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतम बुद्ध विमानस्थल नै पहिलो आयोजनाका रूपमा निर्माण सम्पन्न हुने तयारीमा पुगेको छ । विमानस्थल निर्माणमा अहिले २९ चिनियाँसहित २७५ कामदार खटिएका छन ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन् २०१४ डिसेम्बर ३१ मा छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो । एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो हुनेछ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ ।गोरखापत्र दैनिकमा खबर छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …