तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी । दिपायल सिलगढी नगरपालिका–५ सिलगढीस्थित इन्द्रचोकमा जनस्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना गरिएपछि यहाँका नागरिकलाई उपचार गर्नमा सहज भएको छ । 

जनस्वास्थ्य प्रवर्धन केन्द्रमा हाल उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् । हाल उक्त केन्द्रमा दैनिक १० देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ ।

सो केन्द्रमा एकजना एचए, एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी गरी चार जनशक्ति राखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । 

केन्द्र स्थापना भएसँगै यहाँका ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिलाई उपचार गर्न निकै सहज भएको दिपायल सिलगढी नगरपालिका–५ सिलगढीका स्थानीयवासी हेम केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई जिल्ला अस्पतालमा गएर सेवा लिन समस्या भएको थियो, अहिले घर नजिकै केन्द्र खोलिएपछि उपचारका लागि सहज भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने उक्त केन्द्रको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । चालु आर्थिक वर्षमा सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको निर्देशक डा अवस्थीले जानकारी दिनुभयो ।     

स्वास्थ्य क्षेत्रमा जनसङ्ख्याको बढ्दो चापका कारण स्वास्थ्य सेवा पहुँच बढाउनुपर्ने र केन्द्रलाई उद्देश्यअनुरूप सञ्चालन गरिनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय जिल्ला अस्पताललगायतका क्षेत्रमा उपचार गर्न आउने बिरामीको चाप बढ्दो छ, चाप घटाउनका लागि भए पनि सबै स्थानीय तहमा क्रमिकरुपमा जनस्वास्थ्य प्रवर्धन केन्द्र खोल्नु जरुरी छ ।

नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारको केही हदसम्म भए पनि पूरा गर्न हालै सञ्चालन गरिएको उक्त केन्द्रले टेवा पु¥याउने जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले दाबी गर्नुभयो ।रासस    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …