काठमाडौँ । सरकारले यही फागुन २३ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले यही फागुन २३ गते संसद्को हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापनासहित १३ दिनभित्र संसद् अधिवेशन डाक्न सरकारका नाममा फागुन १२ गते परमादेश जारी गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन सिफारिस गर्नुभएको थियो ।
सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभा विघटनको घोषणा गर्नुभएको थियो । सो उपर सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले प्रतिनिधि सभा विघटनसँग सम्बन्धित निर्णय र राष्ट्रपति कार्यालयबाट जारी भएका विज्ञप्तिलगायतका सबै काम कारबाही प्रारम्भदेखि नै शून्य रहने गरी बदर गरेको थियो ।
प्रतिनिधि सभा विघटनका कारण छ महिनाभित्रै संसद् अधिवेशन बस्नुपर्ने संवैधानिक व्यवस्था मिचिएको भन्दै अदालतले १३ दिनभित्र अधिवेशन बोलाई बैठक बस्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रतिनिधि सभा सचिवालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा समेतका नाममा परमादेशको आदेश जारी गरेको थियो । संविधानको धारा ९३ (१) मा ‘एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महिनाभन्दा बढी हुने छैन’ भन्ने उल्लेख छ ।
प्रधानमन्त्रीसँग छलफल
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीभित्र बृहत् एकताको विषयलाई लिएर उपाध्यक्ष वामदेव गौतमले शुक्रबार छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यथास्थितिमा पार्टी एकताको कुरा अगाडि बढ्न नसक्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता अभियानका संयोजक वामदेव गौतमसँग प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनका नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिएको ‘अभियोगपत्र’ फिर्ता लिएको अवस्थामा मात्र अन्य विषयमा छलफल गर्न सकिने बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी एकताको प्रस्ताव लिएर प्रधानमन्त्री ओलीसँग वामदेव गौतमले भेट गर्नुभएको जानकारी दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …